November 3, 2026

ए क्यान्सर

ए क्यान्सर

-टेक नेपाल

ए क्यान्सर त किन यति निष्ठुरी भएको
न तँलाई मुना मदनको जोडीले
कति सम्झाउँदा सम्मान गर्दा
आज तहिले सृजनबाट विवेकलाई खोसेर लागिस्

त किन यस्तो निष्ठुरी भएको
न त कसैको माया प्रति नै जीवित राख्न
कति सङ्घर्ष गरेर सृजनाले
आज त बाट हार खाइन

तँलाई माया छैन
को गरिब छ को धनी छ
को जीवन भर एक्लो हुन्छ
अलि कति दया नै छैन
तहिले किन मुना मदनको जोडीलाई
जीवन भर खेलवाड गरिस्

तँलाई कति खेर मन लाग्यो
त्यति खेर नै अर्काको शरीर भित्र
छिया छिया पार्दै
कति दुःख दिएको छस्

अब तेरो अन्तिम दिन आई सकेको छ
एउटा रसियन भ्याक्सिनले तँलाई
यसरी छटपटी पार्ने छ कि तँलाई
जसरी मुना मदनको जस्तो जोडीलाई
दुःख दिएको छस्

अनि तहिले क्यान्सर रोग
कस्तो हुँदो रहेछ थाहा पाउँछस्
अनि सृजना र विवेकको मुना मदन जस्तो
जोडीको पीडा कस्तो हुन्छ
थाहा पाउँछस्

अनि तँलाई यो कलि युगको पृथ्वीबाट
बिदा दिनको लागि
एउटा भ्याक्सिन आइ सक्यो
त्यही भ्याक्सिनले तँलाई
लेख्ने दिन
वैज्ञानिकहरूले बनाई सके

सम्बन्धित खबरहरु

भर्खरै