November 3, 2026

भिड देखाएर कानुन खुकुलो बनाउन नखोज

भिड देखाएर कानुन खुकुलो बनाउन नखोज

– टेक नेपाल

भिड देखाएर कानुन खुकुलो बनाउ
भिड देखाएर गलत छ भने निर्दाेष बनाउ
निर्दोष छैन भने कनुनलाई सम्मान गर
जनता छैन त्यहा कार्यकर्ता छन्
भिड देखाएर कानुन खुकुलो नबनाउ
भिड देखाएर गलत छ भने निर्दोष नबनाउ ।

शासन हेर, घमन्ड हेर ३४ वर्ष शासकसँग मिल्ने छ
०८४ मा कसले कसलाई देखाउने छन्
माओवादीको ०६२÷०६३ को जनआन्दोलनबाट
बहुमतको मतलाई अहिले नियालेर हेर
०८४ मा कसले कसलाई देखाउने छन्
भूँइमान्छेलाई सोध,
कार्यकताको भिड देखाएर कानुन खुकुलो बनाउन नखोज ।

पानीका फोरा ४६ सालमा पनि
सच्चा नेपालीले परिवर्तनको नाममा खाएकै हो
जनआन्दोलनको नाममा जनयुद्ध गर्दै
माओवादीले देश परिवर्तन चाहेकै हो
०६२÷०६३ सालमा राजा विरुद्ध आन्दोलन गरेकै हो ।

हेर त अहिले आएर सबैको परिक्षको फल आज आएकै छ
कोही सहकारी ठगी कोही भुटानी काण्ड
कोही भाटभोटेनी काण्ड कोही गिरीबन्दु काण्ड
कोही ओमनी काण्ड कोही केटी काण्ड
काण्डै काण्डले गणतन्त्रको आयु
सिद्धिन लागेको हो की भूँइमान्छेलाई सोध
तर भिड देखाएर कनुन खुकुलो बनाउन नखोज ।

सम्बन्धित खबरहरु

भर्खरै