March 16, 2025

रूम्जाटार विमानस्थल पुनः सञ्चालनको तयारी

रूम्जाटार विमानस्थल पुनः सञ्चालनको तयारी

काठमाडौं । ओखलढुंगाको रूम्जाटार विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ओखलढुंगाका सांसद रामहरि खतिवडाका अनुसार बन्द रहेको विमानस्थल हरेक आइतबार र बुधबार काठमाडौं–ओखलढुंगा फ्लाइट सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । विमानस्थलमा पहिलो फ्लाइट आइतबार हुनेछ । खतिवडाका अनुसार आइतबार समिट एअरलाइन्स र बुधबार नेपाल एअरलाइन्सले उडान भर्नेछन् ।

नेपाल वायुसेवा निगमको बजार व्यवस्थापन विभागले विजयादशमीको अवसरमा यात्रुहरूको व्यवस्थापन र सहजताका लागि रूम्जाटार स्टेसन पुनः उडान सञ्चालनका लागि कार्यकारी अध्यक्षसमक्ष स्वीकृतार्थ पेश गरिसकेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content