काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सिंहदरबारमा शुक्रबार बसेको प्राधिकरणको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो।
विपद् संकटग्रस्त घोषणा गरिएका जिल्लाहरूमा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ छन्। असोज ११ र १२ गते भएको अविरल बर्षाका कारण यी जिल्लाहरु बढी प्रभावित भएको देखिएपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
समितिले बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिव्रता दिने निर्णय समेत गरेको छ । विपद् संकटग्रस्त स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ। अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।