टेक नेपाल
शिखर पुरुष टुँडिखेलबाट देखिए
शिखर पुरुषबाट संस्थागत भ्रष्टाचारीको बिऊ रोपिए
जनताको नाममा नेता बनेका टुँडिखेल मै देखिए
परिवर्तनको नाममा ताली खाए
एउटा उखान टुक्का छ नी बाह्र वर्षपछि खोला फर्किन्छ भनेर
त्यही उखान टुक्का जस्तै बा, दाइले गाली खाए
त्यही टुँडिखेलबाट ताली खाए
त्यही टुँडिखेलबाट भाषण सुन्दा सुन्दा दिक्क भएका
युवा भुइँमान्छेले टुँडिखेलबाट बा, दाइलाई भाग्न बाध्य बनाए
हो अब टुँडिखेलको नतिजा आउँदैछ
टुँडिखेलले मदन भण्डारीको आवाज खोजिरहेको छ
टुँडिखेलले बूढो रूख देखेकै हो
टुँडिखेलले सूर्य पनि देखेकै हो
टुँडिखेलले हँसिया हतौडा पनि देखेकै
हो अब टुँडिखेलले भुइँमान्छेको आवाज देख्नेछ
त्यही टुँडिखेलबाट शिखर पुरुषले तालिको उपहार पाए
भ्रष्टाचारी संस्थागत गर्ने बा र दाइले गाली खाँदै भाग्ने दिन आए
जुरुक्क उठौँ भुइँमान्छे शासन सत्ता परिवर्तन गर्नलाई
उठौँ अब जनविद्रोह गर्नलाई
भुइँमान्छे हो नेपाली झन्डासहित
शासन सत्ता परिवर्तन गर्न
गाउँ गाउँबाट उठौँ शहरबाट उठौँ
नेपाल र नेपाली पहिचान बचाउन
जनविद्रोहका लागि उठौँ