May 20, 2025

फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै

फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न लक्ष्य रहेको छ ।

नेपालको प्लेइङ ११ ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

बेञ्च ः विवेक यादव, अनिल शाह, ललित राजवंशी र सन्दीप जोरा ।

सम्बन्धित खबरहरु