टेकनाथ नेपाल
मेरो हर्षमा छ जिन्दगी
मेरो विस्मात् छ जिन्दगी
रोइ बाँच्नु पर्दा पनि
आफ्नै किसिमको छ जिन्दगी
आफन्तहरू नै टाढा हुन खोज्छन्
आफन्तहरू नै बिर्सन खोज्छन्
किन किन होला मलाई
आफ्नै ठान्नेहरूले तिरस्कार गर्छन
यो खिलापको छ जिन्दगी
कहिले कहिले विलापको छ जिन्दगी
भन्दै नभने पनि मैले
दुःखमै रह्यो मेरो जिन्दगी
म मेरो खुसी बाड्न चाहन्छु
म मेरो दुःख बाड्न चाहन्छु
कथा जस्तो भयो मेरो जिन्दगी
देखाउन नहुने व्यथा भयो जिन्दगी
अरुले मलाई होच्याउन कहिले
त्यसैले बेग्लै छ मेरो जिन्दगी