November 3, 2026

नेपालको विपद्मा माल्दिभ्सको ऐक्यबद्धता, जलवायु सहकार्यमा जोड

नेपालको विपद्मा माल्दिभ्सको ऐक्यबद्धता, जलवायु सहकार्यमा जोड

काठमाडौं । भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति माल्दिभ्सले नेपालप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएको छ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार भएको टेलिफोन वार्तामा माल्दिभ्सका विदेशमन्त्री एडमले बाढीबाट भएको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरेका हुन्।

उनले विपद्को कठिन घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना र समर्थन व्यक्त गर्दै नेपालप्रति माल्दिभ्सको ऐक्यबद्धता रहेको बताएका थिए।

वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले विपद्का बेला नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए।

टेलिफोन वार्तामा दुई देशबीच जलवायु जोखिम न्यूनीकरण, जलवायु न्याय तथा प्रभावकारी जलवायु कार्यका लागि सहकार्य थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो। दुवै मन्त्रीले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको सामना गर्न आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोटेकोशी बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएका बेला भएको उक्त वार्तालाई दुई देशबीचको विपद् तथा जलवायु संकटमा पारस्परिक सहयोग र ऐक्यबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै