September 22, 2026

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा १४६ रुपैयाँ पर्ने छ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ। आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत छ। यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ।

 

सम्बन्धित खबरहरु

भर्खरै