September 22, 2026

अर्थ मन्त्रालयमा विदेशी लगानीका लागि फोकल युनिट स्थापना

अर्थ मन्त्रालयमा विदेशी लगानीका लागि फोकल युनिट स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्तासँगको समन्वयलाई अझ प्रभावकारी बनाउन र लगानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत नयाँ फोकल युनिट स्थापना गरेको छ।

नयाँ फोकल युनिटको मुख्य उद्देश्य विदेशी लगानीकर्तालाई अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसम्बन्धी विषयमा आवश्यक समन्वय प्रदान गर्नु हो। साथै, अन्य मन्त्रालय र सरकारी निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्दै लगानी वातावरणलाई थप अनुकूल बनाउने कार्य यस युनिटमार्फत गरिने बताइएको छ।

अर्थ मन्त्रालयका अनुसार, यस फोकल युनिटको स्थापना विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण प्रदान गर्ने र लगानी प्रक्रियामा आउने जटिलताहरू घटाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ।

सम्बन्धित खबरहरु

भर्खरै