काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १११.७० अंकले बढेर २,६२३.६२ बिन्दुमा पुगेको छ। यो वृद्धि ४.४४ प्रतिशतको बराबर हो।
बलिया र ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३७ प्रतिशतले बढ्दै ४५५.२८ बिन्दुमा पुगेको छ। नेप्सेमा सूचीकृत ३२९ स्क्रिप्टमध्ये २ करोड ३२ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदै ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ समूहमध्ये व्यापार समूहमा सबैभन्दा बढी ८.३३ प्रतिशतको सुधार आयो। त्यस्तै, विकास बैंक समूह ६.३४ प्रतिशत, लगानी समूह ७.७७ प्रतिशत, हाइड्रोपावर समूह ५.९८ प्रतिशतलगायतमा उल्लेखनीय वृद्धि भएको छ। अन्य समूह भने १.४६ प्रतिशतले घट्यो।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीमा भयो, जसको कारोबार ८३ करोड रुपैयाँभन्दा माथि पुग्यो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स (४८ करोड), गार्डियन माइक्रोलाइफ (३० करोड) र शिवम् सिमेन्ट (२७ करोड) शीर्ष कारोबारमा परे।
मूल्य वृद्धि गर्ने कम्पनीमध्ये १८ कम्पनीमा सकारात्मक सर्किट लाग्यो। तीमध्ये सिन्धु विकास बैंक, भूगोल इनर्जी, शिवम् सिमेन्ट, अपि पावर, बलेफी हाइड्रो र अपर तामाकोशी हाइड्रोपावरसमेत छन्। उन्नति सहयर्का लघुवित्त, रिभर फल्स पावर र दिव्यश्वरी हाइड्रोपावर क्रमशः ९.८९, ९.८१ र ९.७२ प्रतिशतले बढेका छन्।
यसदिन सबैभन्दा धेरै घाटा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेहोऱ्यो। कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ।













