September 23, 2026

नेपालमा कुल विद्युत क्षमता ३५९१ मेगावाट, आन्तरिक खपत १० प्रतिशतले बढ्यो

नेपालमा कुल विद्युत क्षमता ३५९१ मेगावाट, आन्तरिक खपत १० प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा विद्युत उत्पादन क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय विद्युत प्रणालीमा जडित क्षमता ३५ सय मेगावाट नाघेको हो।

प्राधिकरणका अनुसार हाल राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत उपलब्ध छ। यसमध्ये नेपाल विद्युत प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको ५५ प्रतिशत र भारतबाट आयात ११ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालकै आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले बढ्दै ११ हजार ३१९ गिगावाट घण्टामा पुगेको छ। यस अवधिमा ग्राहक सङ्ख्या ४.६ प्रतिशतले बढेर ५७ लाख १० हजार पुगेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ।

राष्ट्रिय ग्रिड पहुँच हाल ९८ प्रतिशतमा पुगेको छ भने विद्युत चुहावट अघिल्लो वर्षको तुलनामा ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै