September 23, 2026

‘नेप्से एआई’ एप डाउनलोड गराई लाखौं ठगी

‘नेप्से एआई’ एप डाउनलोड गराई लाखौं ठगी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामक एप डाउनलोड नगर्न सबैलाई आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने तर यसले मोबाइल वा कम्प्युटरमा नियन्त्रण पाई लाखौं रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण हुने घटना दर्ता भएपछि सीआईबीले यस्तो अनुरोध गरेको हो।

प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, एप डाउनलोड गरेपछि एक प्रयोगकर्ताको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको छ। साथै, पीडितको मोबाइलमा रहेका डेटा तथा एपहरू समेत डिलिट भएका छन्।

सीआईबीले प्रयोगकर्तालाई टु–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, पासवर्ड नियमित परिवर्तन गर्न, अज्ञात लिङ्क वा एपहरू इन्स्टल नगर्न, रिमोट एक्सेस दिने एपहरू प्रयोग नगर्न र आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न सुझाएको छ।

यस्ता घटनामा परेमा तुरुन्त बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि सीआईबीले अनुरोध गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै