November 3, 2026

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

देशभरका विद्यालय बन्द गरेर शिक्षक काठमाडौँमा आन्दोलन गर्न आएपछि भट्टराई दबाबमा थिइन् । शिक्षकले अघि सारेका माग तत्काल सम्बोधन गर्न पनि नसकिने र क्रमश सम्बोधनको प्रक्रियामा लैजाने विषयमा पनि शिक्षकहरु नदेखिएपछि भट्टराईको राजीनामा आएको बुझिएको छ । आज केहिबेरपछि बस्ने मन्त्रिपरिषद बैठकमा उनको राजीनामाको विषयमा छलफल हुनेछ ।

शिक्षकहरु आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएपछि उनीहरुको माग सम्बोधन हुने बारे अन्योल सिर्जना भएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै