September 22, 2026

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा मार्फत हुने अवैध कमिसनबारेको प्रकरणमा मुद्दा दर्ता गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित सातजनालाई प्रतिवादी ठहर गर्दै आयोगले बिहीबार विशेष अदालतमा मुद्दा पेश गरेको हो।

रोजगारीका नाममा भिजिट भिसा लिएर विदेश जाने युवासँग अध्यागमनका कर्मचारीले दैनिक लाखौँ रकम उठाइरहेको भन्ने उजुरी प्राप्त भएपछि आयोगले करिब सात महिनासम्म अनुसन्धान चलायो र त्यसको आधारमा भ्रष्टाचार मुद्दा उठाएको हो।

मुद्दामा प्रमुख प्रतिवादी भट्टराईसँगै शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल व्यवसायी बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी र कविता पौडेललगायत सातजनाको संलग्नता रहेको आयोगको दाबी छ। उनीहरूले मिलेमतोमा करिब ८० लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको देखिएको आयोगले जनाएको छ, यही रकम बिगोका रूपमा तोकिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै