September 22, 2026

बाढी-पहिरो पीडितलाई नगद सहयोगदेखि अस्थायी बसोबासको सुविधा गर्ने सरकारी निर्णय

बाढी-पहिरो पीडितलाई नगद सहयोगदेखि अस्थायी बसोबासको सुविधा गर्ने सरकारी निर्णय

काठमाडौं । सरकारले असोज १७-१९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले यस्तो निर्णय गरेको हो ।

विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय भएको परिषद्ले जनाएको छ ।

साथै लाभग्राही पहिचान भइ आए पश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै