September 22, 2026

एनआईसी बैंकका सीईओ रोशनकुमार न्यौपानेले दिए राजीनामा

एनआईसी बैंकका सीईओ रोशनकुमार न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले स्वास्थ्य समस्याका कारण राजीनामा दिएका छन्।

बुधबार उनले राजीनामा पेश गरेका हुन् र बिहीबारदेखि लागू हुनेछन्। बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने बताइएको छ।

न्यौपानेले भने, “मेरो र श्रीमतीको स्वास्थ्यको कारण लामो समय बिदा बस्नु पर्ने अवस्था आयो। यस अवस्थामा बैंकको काम प्रभावित नहोस् भनेर राजीनामा दिएको हुँ।”

न्यौपाने एनआईसी बैंकमा दोस्रो कार्यकालका लागि सीईओ भएका थिए। उनको चार वर्षे कार्यकालमा करिब एक वर्ष बाँकी रहेको थियो।

सम्बन्धित खबरहरु

भर्खरै