September 22, 2026

स्वकीय सचिवालय नराख्ने, टुक्रे आयोजना कार्यान्वयन नगर्ने : अर्थमन्त्री

स्वकीय सचिवालय नराख्ने, टुक्रे आयोजना कार्यान्वयन नगर्ने : अर्थमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

यस्तै उनले स्वकीय सचिवालय नराख्ने बताएका छन् ।आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ ।

पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।

सम्बन्धित खबरहरु

भर्खरै