September 23, 2026

सुनचाँदीको मूल्य उच्च बिन्दुमा

सुनचाँदीको मूल्य उच्च बिन्दुमा

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर तोलामा २५०० रुपैयाँमा पुगेको छ। महासंघका अनुसार, यसअघि चाँदीको मूल्य तोलामा २४९० रुपैयाँमा कारोबार भइरहेको थियो।

सम्बन्धित खबरहरु

भर्खरै