September 23, 2026

अर्थमन्त्री पौडेल भन्छन्: ०८४ सम्म अहिलेको भन्दा स्थिर र शक्तिशाली सरकार सम्भव छैन

अर्थमन्त्री पौडेल भन्छन्: ०८४ सम्म अहिलेको भन्दा स्थिर र शक्तिशाली सरकार सम्भव छैन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारभन्दा अर्को स्थिर र शक्तिशाली सरकार २०८४ सम्म बन्न नसक्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले र नेपाली कांग्रेसको साझेदारीमा बनेको अहिलेको सरकारलाई शक्तिशाली ठहर गर्दै तत्काल यसको विकल्प सम्भव नभएको बताए।

उनले भने, “कांग्रेस–एमालेको दुई दलको शक्तिशाली सरकार छ। अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्न सक्दैन। स्थिर शक्तिशाली सरकार यही हो।”

अर्थमन्त्री पौडेलले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएका विकृतिलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे। उनका अनुसार योजना निर्माण प्राथमिकतामा आधारित हुनुपर्ने भए पनि अहिलेसम्म त्यसमा गम्भीर समस्या देखिएकाले सुधारका पहल भइरहेका छन्।

साथै, उनले चालु आर्थिक वर्षको बजेट ल्याउँदा योजना बैंक बाहिर रहेर बजेट नल्याइएको दाबी गरे।

सम्बन्धित खबरहरु

भर्खरै