September 23, 2026

नेपालमा एमसीसी परियोजना कार्यान्वयन नियमितरूपमा अगाडि बढ्ने

नेपालमा एमसीसी परियोजना कार्यान्वयन नियमितरूपमा अगाडि बढ्ने

काठमाडौं । नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौता अनुसार परियोजनाहरू अब नियमितरूपमा अगाडि बढ्ने भएका छन्।

अमेरिकी सरकारले हालै सम्पन्न गरेको वैदेशिक सहायता समीक्षा प्रक्रियामा नेपालमा सञ्चालित एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरिएको छ।

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, सन् २०२५ जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको कार्यकाल अवधिभित्र पुनरावलोकनका लागि सिफारिस गरिएको एमसीसी कम्प्याक्टको मूल्यांकन कार्य साउन १२ गते (जुलाई २८, २०२५) मा सम्पन्न भएको छ।

समीक्षा सकिएपछि एमसीसीले परियोजना कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेपछि नेपाल सरकारका सम्बन्धित निकायलाई जानकारी गराइएको मन्त्रालयले जनाएको छ।

यससँगै बहुप्रतिक्षित एमसीसी परियोजना अन्तर्गतका संरचना निर्माण, विद्युत् प्रसारण लाइन विस्तार र सडक स्तरोन्नतिको कामहरू अघि बढ्ने मार्ग प्रशस्त भएको छ।

सम्बन्धित खबरहरु

भर्खरै