September 23, 2026

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से ७९.८२ अंकले उकालो

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से ७९.८२ अंकले उकालो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ७९.८२ अंकले बढेर २८७४.६० बिन्दुमा पुगेको छ।

साताको अन्तिम दिनको कारोबारमा १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन हालको सन्दर्भमा निकै उच्च मानिन्छ।

नेप्से सूचक २.८५ प्रतिशतले उकालो लाग्दा २४८ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ९ कम्पनीको मूल्यमा गिरावट आएको छ। आज ट्रेड टावर लिमिटेडको सेयर सकारात्मक सर्किटमा पुगेको छ।

बिहीबार सबै उपसमूहका सूचकहरूमा हरियाली छाएको छ।

अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढेको छ।

हाइड्रोपावर समूह ३.०४ प्रतिशत,

जीवन बीमा ३.१४ प्रतिशत,

निर्जीवन बीमा २.१८ प्रतिशत,

उत्पादन तथा प्रशोधन २.९४ प्रतिशत,

माइक्रोफाइनान्स २.५० प्रतिशत,

लगानी ३.१७ प्रतिशत,

फाइनान्स २.८० प्रतिशत,

होटल तथा पर्यटन २.६० प्रतिशत,

विकास बैंक १.९५ प्रतिशत,

बैंकिङ र व्यापार दुवै १.७६ प्रतिशत बढेका छन्।

नयाँ मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पु¥याउने निर्णयसँगै बजारमा सकारात्मक मनोविज्ञान देखिएको विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै