November 3, 2026

रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशतले बढ्यो

रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मुलुकमा १३ खर्ब ५६ अर्ब ६१ करोडको विदेशी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले रेमिट्यान्स बढेको देखाएको हो।

गत आर्थिक वर्षको तुलनामा पछिल्लो १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको हो। गत २०८२ बैशाख महिनामा मात्र रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो।

यसैगरी गएको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९६ करोड पुगेको छ। गत वर्ष यो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।

सम्बन्धित खबरहरु

भर्खरै