November 3, 2026

कीट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला, विश्वविद्यालयले गर्‍यो परिवारलाई खबर

कीट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला, विश्वविद्यालयले गर्‍यो परिवारलाई खबर

काठमाडौं । भारतको ओडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् । मृत्यु हुनेमा वीरगन्जकी प्रिसा साह रहेकी छन् । सर्लाहीको मलंगवा स्थायी ठेगाना भएकी प्रिसाको परिवार हाल वीरगन्ज–१५ मा बस्दै आएको खुलेको छ । प्रिसाको मृत्युबारे कलेजले बिहीबार राति ९ बजे फोन गरेर जानकारी दिएको हो ।

बिहीबार साँझ उनी कलेजको होस्टलमै मृत फेला परेको एक विद्यार्थीले बताए । उनी स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ । प्रिसा एक वर्ष अगाडि मात्रै त्यहाँ पढ्न गएको बताइएको छ । केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै