May 20, 2025

जम्मु कश्मीरमा आतंकवादी हमलाः मृत्यु हुने नेपाली बुटवलका सुदीप, अर्का नेपाली पनि घाइते

जम्मु कश्मीरमा आतंकवादी हमलाः मृत्यु हुने नेपाली बुटवलका सुदीप, अर्का नेपाली पनि घाइते

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीको ठेगाना बुटवल रहेको खुलेको छ ।

मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ । हमलामा परेर सुदीप सहित २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।

सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका सुदीपको घटनास्थलमा सवारी लाइसेन्स भेटिएको छ । उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो ।

सम्बन्धित खबरहरु