September 22, 2026

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोर्चुगल । नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायबीच उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा क्यातरिना पिइरेस उपस्थित रहेका थिए । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सन्तोष पाण्डेले गरेका थिए । उनको प्रभावशाली प्रस्तुति र मनमोहक सञ्चालन शैलीले कार्यक्रममा थप उत्साह, जोश र आकर्षण ल्याएको सहभागीहरूले बताएका छन्।

सांस्कृतिक प्रस्तुतिहरूमा गीत, नृत्य, कविता, तिहार विशेष भोजन तथा सम्मान कार्यक्रमसमेत समावेश गरिएको थियो। प्रस्तुतिहरूले नेपाली संस्कृतिको झल्को, आपसी एकता र पारिवारिक सद्भावलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाइराख्न यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।

संस्थाका संस्थापक सन्तोष पाण्डेका अनुसार, नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राले भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने र समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न विशेष पहल गर्ने योजना रहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै