September 20, 2026

दलितमाथिको विभेद अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन(फोटो/भिडियो)

दलितमाथिको विभेद अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन(फोटो/भिडियो)

काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि कारबाही र दलितमाथिको विभेद अन्त्यको माग गरी दलित समुदायले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारलाई दबाब दिन उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका छन्।

दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातिय हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारा लेखिएका ब्यानर लिएर उनीहरुले प्रदर्शन गरेका हुन्। दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा यस्तो प्रदर्शन भएको हो ।

सम्बन्धित खबरहरु