September 7, 2024

सिद्धिचरण नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खतिवडा र वडा अध्यक्ष दामोदर धमलासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

सिद्धिचरण नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खतिवडा र वडा अध्यक्ष दामोदर धमलासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको सिद्धिचरण नगरपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा र वडा नं. १० का तत्कालिन वडा अध्यक्ष दामोदर धमलासहित १० जनालाई विद्युतको पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तिायारले खतिवडासँगै नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण नगरपालिका– १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी विरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण भण्डार प्रमुख वीरबहादुर राई, नमामी सप्लायर्सका प्रोपाइटर सञ्जीवकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला र कोषाध्यक्ष गोठीमाया मगरलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १० मा आर्थिक वर्ष ०७५–७६ मा विद्युतीकरणका लागि आवश्यक विद्युतीय सामग्री खरिद गर्दा मिलोमतो गरी नक्कली बिल तथा कागजात बनाएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो ।

आरोपितले खरिद नै नगरिएको पोल तथा विद्युतीय सामग्रीको बिल पेस गर्न लगाएर भुक्तानीको लागि सिफारिस तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई गलत प्रतिवेदन दिने कार्य गरेको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो विद्युतीकरण आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणबाट बइजल एसिएसआर कन्डक्टर, स्टिल ग्यालभनाइज पोल, स्याकल इन्सुलेटर डी आइरन सेट, पिन इन्सुलेटर स्पिन्नडललगायतका उपकरण निःशुल्क प्राप्त भएको थियो । तर, तिनै उपकरणहरू देखाएर नमामी सप्लायर्स लहानको नाममा फर्जी बिल बनाएर चार लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भुक्तान गरी भ्रष्टाचार गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बढी भुक्तानी दिन लगाइएको रकमबराबरको बिगो कायम गरी खतिवडा, तत्कालीन इन्जिनियर दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक बुढाथोकी र वडाध्यक्ष धमलालाई भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९९२० बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरिएको छ ।

विद्युत विस्तारमा अनियमितता, वडा अध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content