March 16, 2025

विद्युत विस्तारमा अनियमितता, वडा अध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप

विद्युत विस्तारमा अनियमितता, वडा अध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप

 

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर १० वेतिनी स्थित केन्द्रीय विद्युत विस्तार आयोजनामा अनियमितता भएको छ । केन्द्रीय विद्युत विस्तारका लागि नगरपालिकाबाट २०७५÷–०७६ मा प्राप्त पुँजीगत पूर्वाधार विकास अनुदान रकममा अनियमितता भएको हो ।

नगरपालिकाले जनसहभागिता सहित १५ लाख ९९ हजार ६ सय ३७ रुपौया स्टीमेट गरिएकोमा केन्द्रीय विधुत पोल तार ट्रासफर्मर खरिद योजनाका लागि १४ लाख अनुदान उपलब्ध गराएको थियो ।

उक्त योजनामा अनियमितता भएको थाहा पाए पछि अनुगमन समिति गठन गरी विद्युत प्राधिकरण ओखलढुंगा र सिद्धिचरण नगरपालिकाबाट सूचना माग गरी अनुगमन गर्दा करिब ४ लाख खर्च गरी बाँकी रकमको फर्जी बिल बनाएर भ्रष्टाचार भएको योजना अनुगमन समितिका संयोजक जिवनाथ धमलाले बताए ।

अनुगमनमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाबाट पोल, तार र ट्रासफर्मर अनुदानमा ल्याएर पाइएको छ । सो योजनाका लागि प्राधिकरणले ८ मिटरका ६६ थान, ९ मिटरका ७ थान पोल, ९ थान स्टे सेट, ०.०३ को ५ कि.मि तार र २५ के.भी को १ थान ट्रासफर्मर उपलब्ध गराएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जानकारी दिएको छ । उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विल भरपाईमा ९ मिटरका १० थान पोल खरिद गरेको उल्लेख छ । तर उक्त पोल फिल्डमा नभेटिएको संयोजक धमलाले जानकारी दिएका छन् । उनले प्राधिकरणले दिएको ७३ थान पोल गाड्न र खाजा खर्च गरी अधितम् चार लाख भन्दा खर्च नभएकोे जिकीर गरे ।

हाल ठड्याइएका पोल नेपाल विद्युत प्राधिकरणले दिएका त्यसैलाई किनेको भनि नक्कली विल पेश गरी नागरिकलाई झुक्याएर वडा अध्यक्ष सहित उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको प्रष्ट भएको योजना अनुगमन समितिका संयोजक धमलाले बताए । जनताको नाममा आएको विकास बजेटलाई चरणबद्धरुपमा अनियमितता गरेको विषयमा उजुरी गर्दा नगरपालिकाले त्यसलाई सामान्य रुपमा लिएर अनियमिततालाई ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

विद्युत विस्तारमा वडा अध्यक्ष दामोदर धमलाले नै भ्रष्टाचार गरेको स्थानीयबासीले आरोप लगाएका छन् । योजनामा अनियमितता भएको विषयमा सम्बन्धि पक्षबाट छानविन नभएको उनीहरुको गुनासो छ । विद्युत योजनामा व्यापक भ्रष्टाचार भएको प्रमाणसहित प्रमुख जिल्ला अधिकारी लगायतका निकायमा ध्यानाकर्षण गराउँदा समेत समयमै छनबिन नभएको स्थानीय गुणराज धमलाले बताएका छन् ।

नगरपालिकाले विनियोजन गरेको बजेटबाट तार र पोल किनेको भन्दै वडा अध्यक्ष धमलाको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमलाले फर्जि विल बनाएर योजना फरफारक गरेको नेकपा जिल्ला कमिटी सदस्य डुकराज धमलाले आरोप लगाएका छन् । लाहान स्थित नमामी सप्लायर्सले जारी गरेको विल अनुसारका पोल तथा तारहरु फिल्डमा एउटा पनि नभएको उनले जानकारी दिए । ८ फुटे र ९ फुटे सबै पोलहरु विद्युत प्राधिकरणले दिएको र तार समेत पुराना प्रयोग गरी आयोजनाबाट मोटो रकम अनियमितता गरेको धमलाले बताए ।

स्थानीय नागरिकले पटक पटक ध्यानाकर्षण गराउदा समेत स्थानीय तह र प्रशासनले त्यसलाई बेवास्था गरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पु¥याएको उजुरीलाई सहजीकरण गर्नुको सट्टा अख्तियारको टोलीलाई स्थलगत अनुगमनमा जानबाट रोकेर नगरपालिकाले मिलेमतोमा योजना फरफारक गरी बजेट दुरुपयोग गरेको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका उपसभापति रमेश धमलाले आरोप लगाएका छन् ।

विद्युत योजनामा भएको अनियमितताका विषयमा विल भरपाई झिकाइ अध्ययन गर्दा केही कैफियत देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताएका छन् । यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएकाले थप छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय इटहरीमा फाइल पठाइ सकिएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

वडा अध्यक्ष नै भ्र्रष्टाचारमा संलग्न भएपछि अख्तियारमा मुद्दा परेकोले साविक बेतिनी ७ मा बत्ति बिस्तार नभएको रुप्सेका मोहन मगरले बताएका छन् ।

बिगत ३ बर्षदेखि सविक बेतिनि १,२,३,४,५ मा बत्ती बलेको तर मगर गाउँ भएकाले ६,७,८ र ९ बत्ति बल्न नसकेको स्थानीयबासी चेत बहादुर मगरले गुनासो पोखे । उनले बत्तीको बिषयमा चासो राख्दा वडा अध्यक्ष कै संलग्नतामा भ्रष्टाचार भएको र नगर प्रमुखले समेत वडा अध्यक्षलाई संरक्षण गरेको पाइएको आरोप लगाए ।

नेकपाका नेता गोल बहादुर मगरले आफ्नै पार्टीबाटै निर्वाचित वडा अध्यक्षलाई भ्रष्टाचारको आरोप लागेकोले अध्यक्षलाई संयमित भएर काम गर्न र आइन्दा यस्ता काम नदोहो¥याउन सल्लाह सुझाव दिएको जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content