बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरू सम्मानित

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुदमा सहभागि बक्सिङ खेलका विभिन्न पदक विजेता खेलाडी तथा अफिसर्सहरुलाई सम्मान गरिएको छ । शनिबार किर्तिपुर स्थित ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा मार्शल आर्ट अर्गनाईजेन नेपालको आयोजनामा आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगद पुरस्कारका साथै सम्मान–पत्र हस्तान्तरण गरि सम्मान गरेका छन् । सम्मानित हुने खेलाडी तथा कोचहरूमा बक्सिङ खेलमा लामो समयसम्म कोच भई योगदान पुर्याएका कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार रू. ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको छ ।

त्यस्तै साफमा स्वर्ण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५ हजारसहित सम्मान–पत्र, रजत पदक बिजेता खेलाडीहरू ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा सहित अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बु र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राईलाई नगरसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको छ ।

कार्यक्रम सुदिप महर्जनको संयोजक, मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको थयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, अतिथि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसी लगायत खेलाडीहरुकोे उपस्थिति सम्पन्न भएको थियोे ।

आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिका वडा नं. १० का विद्यालयका सय जना महिला तथा छात्राहरूको सहभागिता रहेको थियो ।

खेलकुद फिचर न्युज फोटोफिचर मुख्य खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *