काठमाडौं । काठमाडौंको टेकुमा रहेको प्लास्टिक गोदाममा सोमबार साँझ आगलागी भएको छ। काठमाडौं महानगरपालिका–१२ स्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको गोदाममा आगो लागेको हो ।
आगो लागेपछि घटनास्थलमा दमकल, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भएका छन् । आगो अन्य क्षेत्रमा फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगलागी के कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । त्यस्तै, आगलागीबाट भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







