October 14, 2026

बाढी प्रभावितका लागि नेपाल लाइफको साढे २ करोड सहयोग

बाढी प्रभावितका लागि नेपाल लाइफको साढे २ करोड सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जनाएको छ।

सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले उक्त सहयोगबाट बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल लाइफले बाढी प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै