October 10, 2026

एआई प्रविधि विस्तार फड्को मार्दै ग्लोबल आइएमई बैंक

एआई प्रविधि विस्तार फड्को मार्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एआई प्रविधि विस्तारमा फड्को मारेको छ । बैंकिङ सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) को प्रयोग विस्तार गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन २०२६’ सुरु गरेको छ ।

बैंकले एक विशेष समारोहबीच एआई÷एमएल ह्याकाथन २०२६’ प्रतियोगिता सञ्चालन गरेको छ । बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बैंकले दोस्रो पटक ह्याकाथन आयोजना गरेको छ ।

विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी प्रतियोगिता सञ्चालन गरिएको छ । खुला आवेदनमार्फत छनोट भएका १४ टोली प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा सहभागीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना गरिनेछ । प्रतियोगितामा सहभागी सबै टोलीका लागि आवासीय व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूले बैंकले तोकेका विभिन्न विषयमा अवधारणा प्रस्तुत गर्दै बैंकिङ सेवालाई अझ सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने समाधान विकास गर्नेछन् । उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइने उनले बताए ।

सम्बन्धित खबरहरु

भर्खरै