September 21, 2026

नयाँ शक्ति एक बनाउने सहमति १२ दिनमै भंग भयो : कुलमान घिसिङ

नयाँ शक्ति एक बनाउने सहमति १२ दिनमै भंग भयो : कुलमान घिसिङ

काठमाडौं । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।

यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय थिए । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उनको राजीनामा स्वीकृत गर्दै पार्टीले चिम चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुलमान घिसिङले भने, नयाँ शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर सहमति गरिए पनि रास्वपासँगको पुस १४ गतेको सहमति १२ दिनमै टिक्न नसकेको बताए। उनले सहमति कार्यान्वयनका लागि धेरै पटक छलफल भए पनि प्रक्रिया हिनतावोधपूर्ण ढंगले अघि बढेको बताए।

घिसिङले भने, ‘हाम्रा साथीहरुले कुनै ठुलो डिमाण्ड राखेका थिएनन् । पदको ठुलो बार्गेनिङ भएको भन्ने सञ्चारमाध्यममा आएको कुरा गलत हो। मैले स्वयं उपाध्यक्ष हुँदा पनि धेरै तल हुनुको बाबजुद सहेर बसेको थिएँ। मुख्य मुद्दामा समावेशिता र संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन ।’

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ । यसबिच रास्वपाले सहमति भंग भएको र उज्यालो पार्टीले ठुलो क्षति व्यहोर्नु परेको घोषणा गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै