September 21, 2026

शंखरापुर बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

शंखरापुर बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जंगलमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार बा ४ ख ८७८८ नम्बरको बस साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय हालसम्म खुल्न सकेको छैन।

घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाग्रस्त बसमा नेचब हर्ब संस्थाका करिब ४० जना कर्मचारी सवार रहेका थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै