September 22, 2026

रवि, कुलमान र बालेनबीच एकता, यस्ता छन् सहमतिका बुँदा

रवि, कुलमान र बालेनबीच एकता, यस्ता छन् सहमतिका बुँदा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन साहबीच एकता भएको छ। सोमबार बेलुका रास्वपा सभापति लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र बालेनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति पत्रमा कुलमान घिसिङले उपाध्यायलाई हस्ताक्षर गर्न लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्रमा बालेन साक्षी बनेर हस्ताक्षर गरेका हुन्। सहमति अनुसार सोमबार भएको सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति दिने सहमति भएको हो।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ। उनीहरुले नवयुवाहरू (जेनजी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति भएको छ।

उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरू सँग जोड्दै एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति पत्रमा उल्लेख छ।

यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति भएको छ।

सम्बन्धित खबरहरु

भर्खरै