काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची सोमबार (भोलि) निर्वाचन आयोगमा बुझाउने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा समानुपातिकतर्फको बन्दसूची प्रस्तुत गरिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले केही हेरफेर गरेर बैठकले पारित गरेको थियो ।
‘पार्टी अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन आयोगमा दर्ताका लागि पठाउने निर्णय भएको छ,’ उपमहासचिव भट्टले भने, ‘समानुपातिक भनेको संसद्मा व्यवस्थित ढंगले नीति निर्माणमा पठाउने हो । बन्दसूचीमा अध्यक्षले होमवर्क गरेर केही सुझावसहित पारित गरेको छ ।’ निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि आज र भोलिका लागि समानुपातिकको बन्दसूची दर्ता गर्ने समय दिएको छ ।













