September 22, 2026

थाइ महिलाको पेटमा भेटियो कोकिनका २९ वटा क्याप्सुल

थाइ महिलाको पेटमा भेटियो कोकिनका २९ वटा क्याप्सुल

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थाइ नागरिकलाई पक्राउ गरेको छ ।

पेटभित्र लुकाएर कोकिन तस्करी गर्न खोज्ने ४४ वर्षीया थाइ नागरिक रुसानी कामालाई प्रहरीले पक्राउ गरेको हो । लाओसबाट बैंकक हुँदै काठमाडौं आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

सुरुमा उनको साथमा रहेको झोला खानतलासी गर्दा ‘फल्स बटम’ बनाएर लुकाइएको अवस्थामा खैरो टेपले बेरेका १२ वटा क्याप्सुल फेला परेका थिए ।

झोलामा कोकिन भेटिएपछि उनले पेटमा समेत लागूऔषध निलेर ल्याएको हुन सक्ने आशंकामा प्रहरीले उनलाई तत्काल नेपाल प्रहरी अस्पताल, महाराजगन्ज पुर्‍याएको थियो ।

अस्पतालमा सिटी स्क्यान गर्दा उनको पेटबाट थप २९ वटा कोकिनका क्याप्सुल निकालिएको ब्युरोका प्रहरी नायव उपरीक्षक (डिएसपी) जीवन निरौलाले जानकारी दिए ।

उनी माथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै