काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले फागुन २१ को निर्वाचनलाई लक्षित गरेर अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही आधारमा राष्ट्रपति पौडेलले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन अध्यादेश २०८२’ सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।








