September 22, 2026

रवि लामिछानेलाई रिहा गर्न आदेश

रवि लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालत बुटवलले रविलाई २ करोड ७४ लाखभन्दा बढी जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो।

उनी देशका विभिन्न जिल्लामा रहेका सहकारीको बचत हिनामिना गरेको आरोपमा लामो समयदेखि कारागारमा छन् । पछिल्लो पटक उनलाई ललितपुरको नख्खु कारागारमा राखिएको छ।

सहकारी ठगीसँगै संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

सम्बन्धित खबरहरु

भर्खरै