September 22, 2026

एमाले ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोखरेल निर्वाचित

एमाले ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोखरेल निर्वाचित

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए। यससँगै ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतदानमा कुल २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए। महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए। नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको हो। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

यसैगरी, महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्। पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै महासचिव पद जितेका हुन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत पाए।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष
केपी शर्मा ओली

उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङ
बिष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त

महासचिव
शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

 

 

सम्बन्धित खबरहरु

भर्खरै