काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत मतदान कार्य बुधबार बिहानसम्म सरेको छ । मंगलबार राति नै मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको भए पनि अन्तिम समयमा आएर मतदान कार्य स्थगित भएको हो ।
अब बुधबार बिहान ८ बजेदेखि मतदान हुनेछ । महासचिव शंकर पोखरेलले प्राविधिक कारण र चिसो मौसमलाई मध्यनजर गर्दै मतदान बुधबार बिहानसम्मका लागि सारिएको जानकारी दिए ।
विद्युतीय मतदानका लागि आवश्यक प्राविधिक तयारी समयमै पूरा हुन नसक्दा प्रक्रिया ढिलो भएको उनले बताए ।













