September 22, 2026

राहुलको नयाँ गजल संग्रह ‘नयाँ अध्याय’ लोकार्पण

राहुलको नयाँ गजल संग्रह ‘नयाँ अध्याय’ लोकार्पण

काठमाडौं । गजलकार राहुल शंकरको गजल सङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण भएको छ। ‘द मार्जिन’ले प्रकाशनमा ल्याएको उक्त कृति सर्वनाम थिएटरको प्रेक्षालयमा लोकार्पण गरिएको हो।

लोकार्पण कार्यक्रममा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बे सहभागी थिए।

कार्यक्रमका वक्ता प्रकाश आङ्देम्बेले नागरिकता बोकेर हाँस्दै देश छोडेका र नागरिकता नहुँदा रुँदै देश छोडेको प्रसंग जोड्दै, कृतिका लेखक राहुल शंकरका सिर्जनामा देशप्रेमले ओतप्रोत रहेको बताए।

अर्का वक्ता शितल कादम्बिनीले भने,’राहुलका गजलहरु समकालीन नेपाली गजलको दुनियाँमा उत्कृष्ट गजल कृतिका रुपमा प्रकाशित भएका छन्।’

कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न लोकार्पण कार्यक्रममा कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले उक्त कृतिबाट गजल वाचन पनि गरे।

सम्बन्धित खबरहरु

भर्खरै