काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रि तिवारीलाई जिल्ला प्रशासनको जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीसहित अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाएको थियो।
गृह मन्त्रालयका अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ। उनका स्थानमा शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव रवीन्द्र आचार्यलाई म्याग्दीको नयाँ सीडीओ नियुक्त गरिएको छ। बद्रि तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा निजी सचिवको रूपमा काम गरेका थिए।







