September 22, 2026

निर्धारित मितिमै चुनाव गराउने सरकारको तयारी: प्रधानमन्त्री कार्की

निर्धारित मितिमै चुनाव गराउने सरकारको तयारी: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

२२औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले बिहीबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिइन्।

उनका अनुसार आगामी फागुन २१ गते हुने आम निर्वाचनमार्फत देशको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरी मुलुकलाई तीव्र विकासको मार्गमा अघि बढाउने लक्ष्य सरकारको रहेको छ।

प्रधानमन्त्री कार्कीले मुलुकका युवाले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना तथा रोजगारी, गाँस–वास–कपासको सुनिश्चितता माग गरिरहेको बताउँदै ती आकांक्षालाई पुरा गर्न सबै तहबाट समन्वित प्रयास आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा ज्यापू संस्कृति विकास कोषको कार्यप्रगतिका विषयमा कुरा गर्दै उनले सरकारबाट प्राप्त सानो आर्थिक सहयोगबाट सुरु भएको अभियानले दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्। संस्कृतिलाई पर्यटनसँग जोडेर विश्व बजारमा प्रवर्द्धन गर्ने प्रयास भइरहेको सन्दर्भमा मौलिक निधि र सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइन्।

कार्यक्रममा मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो तथा सांस्कृतिक झाँकी प्रदर्शनी समेत प्रस्तुत गरिएको थियो।

 

सम्बन्धित खबरहरु

भर्खरै