September 22, 2026

मतदाता नामावली संकलनको म्याद पाँच दिन थप गर्न आयोग सकारात्मक

मतदाता नामावली संकलनको म्याद पाँच दिन थप गर्न आयोग सकारात्मक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् ।

आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले ५ दिनसम्म थप गर्न सकिने जवाफ दिएका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि प्रधानमन्त्रीले आयोगलाई आग्रह गरेकी हुन् ।

सम्बन्धित खबरहरु

भर्खरै