September 22, 2026

डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्स आवेदन बन्द

डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्स आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि ई-ड्राइभिङ लाइसेन्ससम्बन्धी सबै अनलाइन सेवा बन्द गरिएको छ। विभागले शुक्रबा सूचना जारी गर्दै २०८२ मंसिर २८ देखि सेन्टरमार्फत चल्दै आएको लाइसेन्स आवेदन प्रणाली अर्को सूचना नआएसम्म रोकिएको जानकारी दिएको हो।

समस्या उत्पन्न भएपछि केही दिनदेखि आंशिक रूपमा मात्र सञ्चालनमा रहेका सेवा पूर्ण रूपमा बन्द गर्नुपरेको विभागको भनाइ छ। अनलाइन आवेदन, नवीकरण, विवरण अद्यावधिकलगायतका प्रक्रिया प्रभावित भएका छन्।

विभागले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको बताउँदै सेवा पुनः सुचारु हुनासाथ सार्वजनिक सूचना जारी गरिने उल्लेख छ। सेवा लिन चाहने नागरिकलाई वैकल्पिक योजना बनाउँदै आफूहरूलाई सहयोग पुर्याउन आग्रह गरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै