September 22, 2026

नागरिक उन्मुक्ति पार्टी, नेपालले पायो दल दर्ता प्रमाणपत्र

नागरिक उन्मुक्ति पार्टी, नेपालले पायो दल दर्ता प्रमाणपत्र

काठमाडौँ । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट औपचारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

बुधबार दिउँसो आयोगका सचिव माहादेव पन्थले पार्टीका संरक्षक चौधरी र अध्यक्ष कबीर सोबलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत निर्वाचनमा सो पार्टीले ४ सिट जितेको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन्।

नयाँ पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, जो यसअघि जनमत पार्टीका उपाध्यक्ष थिए, चयन भएका छन्। प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष सोबले भने, “जनताको पक्षमा देश निर्माण गर्ने योजनासहित हामीले नयाँ राजनीतिक दल दर्ता गरेका हौँ।”

सम्बन्धित खबरहरु

भर्खरै