September 22, 2026

रामकुमारी झाँक्रीलगायतका नेताहरू एमालेमा फर्किए

रामकुमारी झाँक्रीलगायतका नेताहरू एमालेमा फर्किए

काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू नेकपा (एमाले)मा फर्किएका छन् ।

सोमबार नेकपा (एमाले)ले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरू नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए । कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीहरूसँग एकतामा जाँदा उनीहरूले विरोध गरेका थिए ।

घर फर्क अभियान घोषणा सभामा एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह सूर्य तथा उनीहरूले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरे ।

सम्बन्धित खबरहरु

भर्खरै