September 22, 2026

एकीकृत समाजवादीसँगको यात्रा विघटनसँगै समाप्त : रामकुमारी झाँक्री

एकीकृत समाजवादीसँगको यात्रा विघटनसँगै समाप्त : रामकुमारी झाँक्री

काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी विघटनसँगै आफ्नो यात्रा पनि टुंगिएको बताएकी छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने जानकारी दिँदै यस्तो स्पष्ट पारेकी हुन्।

झाँक्रीले भनिन्, “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा भयंकर अभियान चल्ने विश्वासका साथ लागेका थियौं। त्यो अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, पार्टी विघटनसँगै टुंगियो।”

उनले अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै थपिन्, “जब हाम्रो बाटो अवरुद्ध हुन्छ, त्यसबेला अगाडि बढ्नको लागि बाटोमा उभिनुपर्छ। यात्रालाई पज गर्नुपर्छ। त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर यात्रा अघि बढाउनुपर्छ।”

झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दा अभियान भयंकर हुने अपेक्षा गरिएको भए पनि त्यो सम्भावना अब समाप्त भएको दाबी गरिन्।

यसैबीच, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबीच आजै पार्टी एकता हुँदैछ। एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने नेताहरूले जानकारी दिएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै